सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडाैं | असोज १, २०८१

सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौं:    स्थानीय बजारमा आज सुनको मूल्य  प्रतितोलामा रु छ सयले घटेको छ । 


सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । 


यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । 


सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ । 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्