मेयरको आ–आफ्नै चाला: यता ‘खर्बुजा’ बोक्दै उता ‘ढुङ्गा’

कास्की | असार २९, २०७९

मेयरको आ–आफ्नै चाला: यता ‘खर्बुजा’ बोक्दै उता ‘ढुङ्गा’

पोखरा :   बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी र स्वतन्त्र उम्मेदवार (जनप्रतिनिधिहरु) ले आ– आफ्नो घोषणा पत्र अगाडी सारे । स्थानीय तहको निर्वाचनलाई दलविहिन बनाउने उद्धेश्यले देशको ठुलो महानगर पोखरा महानगरपालिकामा गनेस पौडेलले पहिलो उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक गरे ।

 

सबैभन्दा चाँसोको रुपमा हेरिएको स्थानीय तह काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र पोखरा महानगरपालिकालाई स्थानीय तथा नेता कार्यकर्ताहरुले विशेष चाँसोका रुपमा हेरेका थिए । 

 

चुनावी नतिजा ठुला पार्टीले सोचे जस्तो आएन । काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारीहरुले चुनाव जित्नुले दलको भूमिका माथि प्रश्न उठेको छ । चुनावी नतिजा सार्वजनिक भएपछि दलका नेताहरु जुलुुसमा निस्कदा दुई स्वतन्त्र उम्मेदवार स्थानीयको समस्या समाधान गर्न अगाडी बढे । 

 

‘काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा उदायका बालेन्द्र साह ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न लागे र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पानीको मुहान खोज्न ।  तर पाँच दलीय गठबन्धनबाट चुनाव जितेका पोखरा महानगरका मेयर धनराज आचार्यको कार्य शैली भने फरक छ ।

 

मेयर भएकै कारण पछिल्लो समय एउटै तुलोमा जोखिन थालेका छन् । चुनाव सकिएको दुई महिना बितेसँगै आम नागरिकको पक्षमा कुन मेयरले कति काम गरे । भन्दै गफिन नागरिकहरु थालेका छन् ।  
 

 

मतपरिणाम सार्वजनिकपछि धरानका मेयर स्थानीयसँग खानेपानीको मुहान तिर लाग्दा पोखराका मेयर विजय जुलुस र कर्मचारीको जन्मोत्सवको केक काट्न व्यस्त देखिन्थे । तर उनको एजेण्डा भने पोखरालाई नयाँ परिचय दिने घोषणा गर्दै आए थिए ।  

 

चुनावी मैदानमा आउँदै गर्दा धरानका मेयर हर्क साम्पाङ राईले धराने जनतालाई पानी खुवाउन नसकेसम्म आफुले चुनावमा विजय भएको अर्थ नहुने तर्क गरेका थिए । त्यसैले उनी यति खेर कार्यालय समयपछि लगातारको श्रमदानपछि धरानमा पानी ल्याउन सफल भएका छन् । 

 

यतिबेला उनको गिट्टी कुट््दै गरेको र ढुंगा काधमा बोकेको फोटो भाइरल छ  । उनको उक्त कार्यलाई अहिले सामाजिक सञ्जालमा समर्थन र विरोधका टिप्पणीको ओइरो छ ।

 

कतिले मयेर हुन् त धरानको जस्तो भनेका छन् त कतिले सस्तो लोकप्रियताका लागि सो कार्य गरेको कहल्याएका छन् ।तर उनले भने कार्यलय विदाको दिन निरन्तर श्रमदानमा व्यस्त रहेको स्पष्ट पार्दै आएका छन् । उनले अन्ततः धरान उपमहानगरपालिकाको ११ र २० वडाको सिमाना खानेपानी ल्याइछाडेका छन् ।

 

यता पोखरा महानगरपालिकाका मेयर आचार्यले ११ नगरसभामा बजेट पास भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ र धरानको मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गरेका थिए । उनले पनि पछिल्लो समय धरानका मेयर राइको देखासिखी गर्न लागेका छन् ।

 

कृषकको समस्या बुझ्न भन्दै पाखोबारी सम्मै जान भ्याए । अहिले उनले हातमा खर्बुजा लिएको तस्बिर भाइरल छ ।   मंगलबार पोखराका संञ्चार माध्यममा ‘पोखरेली मेयर कृषकको पाखोबारीमा’ नामक समाचार प्रकाशित भयाे र स्थानीय मिडियामा राम्रै स्थान जमायाेकाे  छ ।

 

पोखरा महानगरपालिका २१ मा कृषक सम्मान तथा अनुदान वितरण गर्ने कार्यक्रममा पुगेका मेयर र कर्मचारीहरुले  कृषक ज्ञानबहादुर कार्कीले उत्पादन गरेको खर्बुजा लिएर फर्केका थिए । 

 

सोही तस्बिरलाई लिएर अहिले नागरिकले धरानका मेयर हर्क साम्पाङ राईले ढुंगा बोकेको तस्बिर र पोखरेली मेयरले खर्बुजा बोकेको तस्वीरलाई तुलना गरिरहेका छन् । यद्यपी दवै मेयरहरु आफ्नो नगरपालिका विकासको लागि भने फरक फरक शैलीबाट लागिरहेका छन् ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्