खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

भक्तपुर | असोज १, २०८१

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

नुवाकोट:   नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

    
मन्दिर परिसरमा रहेको सूर्यमती ९तादी० खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । 


७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।


उहाँका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । 


मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आउनुभएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो । 

पोखरा:  होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...

थप पढ्नुहोस्

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्