नेपालले एएफसी यु–२० मा भाग लिँदै

काठमाडाैं | असोज १, २०८१

नेपालले एएफसी यु–२० मा भाग लिँदै

काठमाडौँ:   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

 

एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ ।

 

नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् ।

 

यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ । नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ ।

 

नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा छन् । त्यसैगरी रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, रामथापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् ।

 

मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहेका छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी र समीर तामाङ छन् ।

 

त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ ।

 

सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, श्रीलङ्का र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् । नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीको गोलकिपरमा पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहादुर परियार रहेका छन् । यसैगरी रक्षकमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराजलावत, भुवनकामी र एकराज विश्वकर्मा छन् ।

 

त्यस्तै मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ र सविनकुमार लुङ्गेली छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा र सुजन डङ्गोल छन् ।

 

फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामील र समीर तामाङ छन् ।

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

थप पढ्नुहोस्

दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

थप पढ्नुहोस्