टुक्रे योजनामा बजेट दिन बाध्य भएः अर्थमन्त्री बराल
पाेखरा | असार ३०, २०७९
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको दशौं अधिवेशनअन्तरगत बजेटमा उठेका सवालका जवाफ दिने क्रममा १० लाख घटीको योजना नल्याउन आग्रह गरेपनि त्यसो हुन नसकेको बताएका छन् ।
मैले माननीयज्यूहरुलाई १० लाख घटीको योजना नल्याउन भनेपनि लागु हुन सकेन’ अर्थमन्त्री बरालले भने ‘सोही कारण टुक्रे योजनामा पैसा छुट्याउन बाध्य भइयो ।’ १० लाखभन्दा कम योजनामा बजेट छुट्याउँदा टुक्रे योजनामा पैसा छरेको आरोपप्रति उनको सफाई छ ।
सम्बन्धित माननीयज्यूहरुले किन र कसरी टुक्रे योजना ल्याउनुभयो ? भन्दै बरालले यस्ता योजना प्रभावकारी नहुने उल्लेख गरे । ‘मैले साना योजनाहरु वार्षिक विकास पुस्तिकामा नसमेटौं भनेको हो तर सांसदहरु पुरानै ढर्रामा चल्न मन पराउनु भयो’ उनले भनेका छन् ।
टुक्रे योजनाले समग्र विकासमा योगदान दिने नभई सांसद विशेषलाई फाइदा पुग्ने उनको टिप्पणी छ ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

