कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
काठमाडाैं | असोज ३, २०८१
पोखरा: कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन ।

त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समितिका कार्यबाहक अध्यक्ष केशव बहादुर थापाले राज्यले खेलकुद क्षेत्रलाई हेला गर्ने गरेको वताए । बजेट निर्माणमा जति बजेट समेट्नुपर्ने हो त्यो हुन नसकेको र बजेट दिएपनि केन्द्रमा मात्र सिमित हुने गरेको बताए ।
खेललाई विद्यामा राख्ने तर खेलमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन नसकेको उनको भनाइ रहेको थियो । शुटिङ खेलमा विभागीय बाहेक अन्य संघ संस्था वा प्रदेशले खेल्न सामाग्रीको अभाव झेल्नुपरेको वताउदै थापाले खेलाडीहरुलाई सहभागीता गराउनका लागि आवश्यक पूर्वाधार र खेल सामाग्री आवश्यक रहने भएकाले त्यसका बारेमा प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश शुटिङ संघका महासचिव पुरन कुँवरले राष्ट्रिय खेलकुद परिषदले समेत प्राथमिकतामा नराखेको र खेलाडीलाई आवश्यक पर्ने खेल मैदान, खेल सामाग्रीहरु नरहेको बताए । शुटिङ विशेष खेल भएको र गाउँपालिकामा राख्न नसकिने सामाग्रीहरु केही मात्रामा दिएको भएतापनि त्यो पर्याप्त नरहेको बताउदै कास्की र प्रदेश मिलेर मैदान निर्माण गरी राष्ट्रिय खेलमा सहभागीता जनाउने वताए ।
कास्की जिल्ला शुटिङ संघका प्रशिक्षक तथा सल्लाहकार चिन बहादुर थापाले कास्की शुटिङ संघमा आवद्ध भएर आइरहदा नवौं राष्ट्रिय खेलकुदमा प्रशिक्षकको भुमिकामा रहेको बताउदै खेलकुद बिकास समितिले शुटिङ खेलका लागि आवश्यक पर्ने हतियारका लागि लाइसेन्सको काममा झमेला रहेको बताउदै साधारण मानिस र खेलाडीले लिने लाइसेन्सको बारेमा बर्गीकरण गरी लाइसेन्सको लागि सहजीकरण गरिदिन आग्रह गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले खेल क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए । गण्डकीमा शुटिङ खेलको सम्भावना रहेको भएतापनि खेल मैदान र खेल सामाग्रीको अभावका बावजुद पनि खेलाडीले पदक ल्याउन सफल भएको उनको भनाइ रहेको थियो ।
श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुक बहादुर गुरुङले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

