मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी | असोज ५, २०८१

मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी:    मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । 


बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा  निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो । 


त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए । 


उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।  


प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले  पदक प्रदान गर्नुभएको थियो ।

पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २...

थप पढ्नुहोस्

बागलुङ:  बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...

थप पढ्नुहोस्