दलित गाउँका पहिला शिक्षक
बाग्लुङ | असोज ८, २०८१
गलकोट: बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । २०० परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बन्नुभएको छ । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ ।
परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गर्नुभएको थियो । अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल परियार अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराख्नुभएको छ ।
उहाँले आफ्नो सपना नै शिक्षक बन्ने रहेको सुनाउनुभयो । “घर नजिकै माध्यमिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन्, तर बीचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परीक्षा दिने चलनै छैन”, परियारले भन्नुभयो, “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।”
पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको बताउँदै परियारले अन्तर्वार्तामा गएर प्राविमा सफल भएको जानकारी दिनुभयो । मैले यही सिगाना मावि लामिचौरमै पढेर शिक्षक भएर आए भने अन्य भाइबहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौसला दिइराखेको परियारको भनाइ छ ।
उहाँले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षक बाहिरबाट आउने गरेको जनाउँदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दुःखद रहेको बताउनुभयो । अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताउनुभयो । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोणसमेत परिवर्तन भइसकेको बताउँदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेसा रोजेको सुनाउनुभयो ।
“आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुन नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तीमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “दुई सय घरपरिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत ऊर्जा र प्रेरणा मिल्नेछ ।”
सिगानाभरमा धेरै शिक्षक उत्पादन भए पनि दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।
गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताउनुभयो ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

