धानबाली नकाट्न किसानलाई आग्रह
कञ्चनपुर | असोज १०, २०८१

कञ्चनपुर: मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने संभावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन ।
बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरुले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण,विपदमा खटिने विषयगत शाखाहरु,स्थानिय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ ।
वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताउनु भयो ।
“किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो, “यो संगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउमा माछा मार्ने कार्य गरिने हुदा वर्षा भैरहेका बेला चटयाङ पर्ने संभावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौं ।”
बाढी, डुवान र कटानको जोखिम देखिएमा सम्बन्धीत वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उहाँले उल्लेख गर्नु भयो । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुवानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धीत सरोकारवालाहरुको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाईएको उहाँको भनाइ रहेको छ ।
विपद्को समयमा जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत बिष्टले बताउनु भयो ।
तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरु जारी गरेका छन । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य शुरुआत गरेको छ ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
काठमाडौं: आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...