ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु: स्वास्थ्यमन्त्री पाठक

पाेखरा | असोज ११, २०८१

ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु: स्वास्थ्यमन्त्री पाठक

पोखरा:    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन् । 


स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै बिहीबार मन्त्री पाठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए । 


उनले आवधिक योजना बनाउँदा प्रदेशको बजेट हेरेर तयार गर्ने र ठूलो सपना नदेख्ने बताए । 


‘म मन्त्री भएको २३ दिन भयो । अबको एक हप्ताभित्र कार्ययोजना तयार हुन्छ,’ मन्त्री पाठकले भने, ‘ठूलो सपना नदेखी जे प्रदेश सरकारसँग बजेट छ, जहाँ बजेट विनियोजन भएको छ त्यसलाई पूर्णत खर्च गर्ने गरेर, सदुपयोग गर्ने गरेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने सोचाइ बनाएको छु ।’ 


स्वास्थ्य मन्त्रालयले छुट्टै अस्तित्व पाएकाले आत्मबल, इच्छाशक्तिसहित काममा लाग्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । 


अस्पताल, स्वास्थ्य कार्यालय, प्राकृतिक चिकित्सालय, आयुर्वेदसहित स्वास्थ्य क्षेत्रमा समस्याको फेहरिस्त लामो रहेकाले त्यसलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको मन्त्री पाठकले बताए । 


जनतासँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आउने कुनै काम नगर्ने मन्त्री पाठकले प्रतिबद्धता जनाए । 


‘स्वास्थ्य स्वयंसेविका जसले जनताको स्वास्थ्यको पहिलो सूचना लिएर स्वास्थ्य केन्द्रमा जान अभिप्रेरित गर्छ त्यस तहलाई हामीले विशेष ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ,’ उनले भने ।  


आयुर्वेद चिकित्सा, आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री पाठकको भनाइ थियो । भौतिक सेवासुविधा पाउन नसके त्यसले परिणाम पनि दिन नसक्ने मन्त्री पाठकले बताए ।

 
‘हाम्रा कति कार्यालयमा पुराना गाडी चढ्नुभएको छ । थोत्रा मोटरसाइकल चढ्नुभएको छ । आयुर्वेद संस्था हेरेँ । त्यहाँ एउटा पनि गाडी छैन । २०–३० वर्ष पुरानो भएपनि हुनुपर्ने त्यो छैन,’ उनले थपे, ‘एक–दुई ठाउँमा अत्यन्तै थोत्रा मोटरसाइकल छन् । आज मर्मत गरेर चलायो भोलि फेरि मर्मत गर्नुपर्ने खालको साधनको अवस्था छ । जनताको घर पुग्न, औषधि ठाउँमा पु¥याउन, जनशक्ति ठाउँमा पु¥याउन गाडीको व्यवस्था हुन आवश्यक छ ।’ 


मन्त्री पाठकले स्वास्थ्यकर्मी आफ्ना सिपाही भएको र उनीहरूको सक्रियता नभई लडाइँ स्वास्थ्य क्षेत्रका समस्यालाई नजितिने जिकिर गरे । जनतासँग जोडिने भएकाले स्वास्थ्य कार्यालयको नाम फेरेर जनस्वास्थ्य कार्यालय राख्ने योजना रहेको उनले सुनाए ।  


तीन दिनसम्म चलेको गोष्ठीमा मन्त्रालयअन्तर्गतका कार्यालय, अस्पताल, आयुर्वेद केन्द्रलगायतका प्रगति, आगामी कार्यदिशा, समस्याबारे छलफल, स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्यानल बहस, विभिन्न रोगको अवस्था र नियन्त्रणका उपायलगायत विषयमा छलफल भएको थियो । 


गोष्ठीको अन्तिम दिन बिहीबार गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय, आयुर्वेद केन्द्र, पालिका, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 

काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो।   इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात ...

थप पढ्नुहोस्

काठमाडौं:  गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ । सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित...

थप पढ्नुहोस्

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिक...

थप पढ्नुहोस्