तालचोकको काइट स्पोर्टसमा फुटसल हुँदैं, उपाधि राशी ५५ हजार ५ सय ५५
पाेखरा | असोज ११, २०८१

पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट स्पोर्टस प्रालिले पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आगामी कात्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको प्रतिनिधि राहुल गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता समूहलाई नगद रु २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र एउटा समूहलाई अनुशासित टिमको रुपमा ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८५६०१८२५०, ९८०६५१४८८०) आयोजकले जनाएको छ ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...
काठमाडौं: गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...
पोखरा: पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...