एक सयौं खेलमा नेपालको सानदार जित

कप्तान साम्बाको ५ गोल

काठमाडाैं | असार १५, २०८२

एक सयौं खेलमा नेपालको सानदार जित

काठमाडौं:    कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ ।


अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो।


१२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो।


पहिलो हाफको ४४ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। अनिता बस्नेतको सटिक क्रसमा साम्बाको हेडरले सही दिशा लियो।


दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले तेस्रो गोल गर्यो। रेनुका नगरकोटेले दिएको बलमा सविताको उत्कृष्ट पासलाई रश्मिले भेट्टाउन सकिनन् भने नजिकै रहेकी सरुले गोल गर्दै आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोललाई यादगार बनाइन् ।


लाओस विरुद्ध खेलको ५५ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लामो थ्रु(पासमा साम्बाले बललाई अगाडि बढाउँदै किपरसँगको वान भर्सेस वानमा गोल गरिन्।


साम्बाले गोल गरेको एक मिनेपछि नै रेनुकाको सहयोगमा रश्मिले गोल गरिन्। नेपालले ५(० को सानदार अग्रता बनायो।


त्यसलगत्तै नेपालले ३ खेलाडी परिवर्तन गर्यो। प्रीति राई, पुजा राना र अनिता केसीले सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे।


त्यसको केहि समय पछि प्रशिक्षक प्याट्रिकले रेखा पौडेल र विमला बिकेलाई मैदान पठाए। उनीले रेनुका र समिक्षा घिमिरेलेलाई रिप्लेस गरे।


यसपछि नेपालले ३ गोल थप्यो। ७५ औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेट पछि साम्बाले व्यक्तिगत चौथो गोल गरिन्।


८३ औं मिनेटमा सब्स्टिच्युट अनिता केसी पनि गोल गरिन्। नेपालले ८(० को सानदार अग्रता बनायो। नेपाल यतिमा मात्र रोकिएन्। ८८ औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो। ५९ औं खेलमा साम्बाको त्यो ६२ औं गोल हो।


योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ। साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ।


कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो। उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन्।


साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो। समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन्।

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्