अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
पाल्पा | असार ३१, २०७९
पाल्पा: अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ ।
पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ । अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ ।
छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ । कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

