वर्षाका कारण नदीपुरमा जारी भलिबल स्थगित, १३ गतेदेखि पुन: सञ्चालन गरिने

पाेखरा | असोज ११, २०८१

वर्षाका कारण नदीपुरमा जारी भलिबल स्थगित, १३ गतेदेखि पुन: सञ्चालन गरिने

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता २ दिनको लागि  स्थगित भएको छ ।

 

गत ९ गतेदेखि जारी भलिबल अविरल वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।

 

उनका अनुसार अब बाँकी खेलहरु १३ गतेदेखि सञ्चालन हुनेछ।

 

संयोजक खड्काका अनुसार पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागी छन् । 

 

प्रतियोगिताको  विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

थप पढ्नुहोस्

दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

थप पढ्नुहोस्