पोखरा–१६ रिन्जे नाँसामा घरवास प्रबद्र्धन
पाेखरा | असोज ११, २०८१
पोखरा: ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवद्र्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिन्जे नाँसालाई रोजिएको बताउनुुभयो ।
रिन्जे नाशा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि वस्ती सुन्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिन्जे जाशामा घरवास कार्यक्रम सुरु गरिएको बताउनुुभयो ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षता एवम् सचिव लक्ष्मण पहारीले सञ्चालन गर्नुुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाट लगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा त्यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिनुुभयो ।
ढुुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको रिन्जे नाँसाबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् ।
पर्यटन राजधानी पोखरा पेरीफेरीमा रहेको पोखरा महानगरपालिका वडा नं १६ स्थित रिन्जे नाशा गाउँ यतिखेर घरवास पर्यटनको पुुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
पोखरा: गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज...
पोखरा: कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

