रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन
रसुवा | असार ३१, २०७९
रसुवा: सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ ।
एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरिसकेको अवस्थामा शेयर फाराम भर्ने वातावरणको सहजीकरण कार्यअन्तर्गत नेपाली नागरिकता प्रदानलाई प्राथमिकतामा राखी कार्यालयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गरिएको हो
नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको सङ्ख्या दैनिक ६० जनाभन्दा बढीको भिड लाग्न थालेपछि प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालयको समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको जनाइएको छ ।
हिमाली जिल्ला वर्षाको याम, खेतीपातीको समयलाई ध्यानमा राखी प्रजिअले आजको आजै दिएको सेवा जनहितकारी भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । प्रक्रिया पूरा भई पेश भएका आवेदनको काम आजको आजै सम्पादन हुँदै आएको र सेवा लिनका लागि हाल दैनिक ६०÷७० जना आउने गरेको सहायक प्रजिअ दयाराम पौडेलले बताउनुभयो ।
नेपाली नागरिकताका साथै राहदानी लिन चाहनेलाई राहदानी अनलाइन फाराम भराउने र राष्ट्रिय परिचयपत्रसमेत प्रदान गर्ने काम भइरहेको पौडेलले बताउनुभयो । यस्तै रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको जनाएको छ ।
बिहीबारसम्म १५ हजार रसुवावासी शेयरमा समाहित भइसकेको हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले जानकारी दिनुभयो ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

