सिद्धार्थ प्रिमियर र मेडिप्लसबीच ‘क्यासलेस’ मेडिकल सुविधामा सम्झौता

पाेखरा | असोज १४, २०८१

सिद्धार्थ प्रिमियर र मेडिप्लसबीच ‘क्यासलेस’ मेडिकल सुविधामा सम्झौता

पोखरा:  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेश र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच क्यासलेस (नगदरहित) मेडिकल सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख गोविन्द देवकोटा र हस्पिटलको तर्फबाट अध्यक्ष डा. आनन्द भट्टराईले हस्ताक्षर गरे ।

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नगदरहित मेडिकल बीमालेख लिएका ग्राहकहरुको उपचारको खर्चमध्ये दाबीयोग्य रकम बीमा कम्पनीले हस्पिटललाई भुक्तानी गरिदिने व्यवस्था यो सम्झौताले गर्नेछ ।

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा आवद्ध कर्मचारी, ग्राहक तथा शेयर सदस्यहरु र उनंका परिवार सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट उपलब्ध गराउने स्वास्थ्य सुविधाहरु अन्तर्गत ओपिडी सेवा बाहेकका अन्य सेवामा छुट सुविधा प्रदान गरिएको छ ।

 

बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेशन र प्रोसिजर चेकजाँचमा १०/१० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत छुट दिइने सम्झौता भएको छ ।

 

उक्त अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.सरोज पोख्रेल, सिईओ प्रकाश बिक, म्यानेजर सुरेशराज सुवेदी, बजार व्यवस्थापक शोभाखर पाण्डे तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख कमल हमाल, शाखा प्रबन्धक जीवलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्