पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ
पाेखरा | असोज १४, २०८१

पोखरा: पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
अवैध रुपमा चाँदीका गरगहना ओसारपोसार गरेको आरोपमा ३५ वर्षीय भारतीय नागरिक चन्द्र भुषण प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘अवैध रुपमा एक भारतीय नागरिकले चाँदीका गरगहना ओसारपोसार गरिरहेको गोप्य सूचना हामीलाई आएको थियो’, डीएसपी शर्माले भने, ‘हिजो पोखरा–३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरिक अवैध चाँदीका गरगहनासहित पक्राउ परेका हुन् ।’
पक्राउ परेका भारतीय नागरिकले करिव ६ केजी ६ सय ९० ग्राम चाँदीको प्रमाण खुल्ने कागजात (बिल) नभएपछि पक्राउ गरेको उनले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण जिल्ला सुगौली थाना १० स्थायी घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने चन्द्र भुषण प्रसाद छन् ।
प्रहरीले उनको साथबाट प्रहरीले चाँदीको जस्तो देखिने सेतो धातुको पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउनु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४ सय ९८ थान र १ थान मोबाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको कास्की प्रहरीले जनाएको छ ।
बाँके: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...
मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...
पोखरा: पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...