होटल सङ्घद्वारा राहत कोष स्थापना
काठमाडाैं | असोज १६, २०८१
काठमाडौं: होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।
देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल सङ्घले राहत कोष स्थान गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
‘होटल सङ्घले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।
बाढीपहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै सङ्घले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

