विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडाैं | असोज १७, २०८१

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं:     मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । 


रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो । 


हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई रु ३० लाख बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । 


विपद्बाट देश नै दुःखमा परेको बेला सरकारलाई गाली गरेर बस्नु र नकारात्मकतालाई प्रशय दिनु भन्दा पनि आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु बुद्धिमानी हुने भएकाले यस कठिन परिस्थितिलाई पार लगाउन सबै एकजुट भइदिन उहाँले आग्रह गर्नुभयो । 


सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका कारण पीडितपरिवारलाई प्रत्यक्ष सहयोग गर्न सकिएको उहाँले बताउनुभयो ।


फाउण्डेशनकी अध्यक्ष एवं समाजसेवी आनी छोइङ डोल्माले विपद्बाट आपत्मा परेका मानिसलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्यअनुसार नै केही राहत गरिएको उल्लेख गर्दै यस्तो बेला अर्काले टिप्प्णी गर्नुभन्दा आफूले सकेको सहयोग गर्नु नै धर्म हुने बताउनुभयो । 


विपद्को घडीमा दुःखमा रहेका आफन्तलाई आफ्नोपनको अनुभूति गराउन पाउँदा हर्ष लागेको बताउँदै उहाँले प्रभावित क्षेत्रमा दिगो व्यवस्थापनका लागि ठोस् कदम चाल्न सरकार र सम्बन्धित निकायहरुसमक्ष अनुरोध गर्नुभयो ।  


गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबारविहीन बन्न पुगेका र प्रत्यक्ष प्रभावित जनतालाई सहयोग गर्नुभएकामा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पालिकामा जतिसक्दो छिटो बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पु(याउन प्रयास भइरहेको बताउनुभयो । 

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।   ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...

थप पढ्नुहोस्