अमरसिंहमा खुल्यो ‘दोकान घर’

पाेखरा | असोज १७, २०८१

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । 

 

युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।

 

उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । 

 

सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे ।

 

 

यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

 

उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सुर्यबहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका समाग्रीहरु उपलब्ध छन् ।

 

‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरु एकै ठाउँबाट किन्न पाउनुहुनेछ । त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरु उपलब्ध गराउने  उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौं ।’ व्यवसायी गुरुङले भने  । 

 

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।

 

 

 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्