खेलकुद पत्रकार मञ्चलाई पखेविसको बधाई
काठमाडाैं | बैशाख ११, २०७९
पोखराः पश्चिमाञ्चल क्षेधीय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बराल सहितको पदाधिकारीहरुलाई टिका र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका हुन् ।
कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले गण्डकी प्रदेशको राजधानि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक सबै पूर्वाधारहरु तयार रहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुदको कुम्भ मेलाका रुपमा अर्थाउँदै ३६ खेलको प्रतियोगिताबाट बढाएर अझै केही खेलहरु थप गर्ने विषयमा आफूहरु छलफलमै रहेको बताए ।
प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष बरालले खेल, खेलाडी र खेलसंघहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदै गर्दा यसलाई सफल पार्न सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।
नवौं खेलकुद लक्षित गरी छलफल कार्यक्रम र पोखरा स्पोट्र्स अवार्ड असार पहिलो साता गर्ने तयारी गरेको अध्यक्ष बरालले जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक कृष्ण तिमिल्सिनाले गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

