खेलकुद पत्रकार मञ्चलाई पखेविसको बधाई

काठमाडाैं | बैशाख ११, २०७९

खेलकुद पत्रकार मञ्चलाई पखेविसको बधाई


पोखराः पश्चिमाञ्चल क्षेधीय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको हो । 

 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बराल सहितको पदाधिकारीहरुलाई टिका र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । 

 

कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले गण्डकी प्रदेशको राजधानि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक सबै पूर्वाधारहरु तयार रहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुदको कुम्भ मेलाका रुपमा अर्थाउँदै ३६ खेलको प्रतियोगिताबाट बढाएर अझै केही खेलहरु थप गर्ने विषयमा आफूहरु छलफलमै रहेको बताए ।

 

प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने तयारी भइरहेको छ । 

 

कार्यक्रममा मञ्चका अध्यक्ष बरालले खेल, खेलाडी र खेलसंघहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदै गर्दा यसलाई सफल पार्न सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । 

 

नवौं खेलकुद लक्षित गरी छलफल कार्यक्रम र पोखरा स्पोट्र्स अवार्ड असार पहिलो साता गर्ने तयारी गरेको अध्यक्ष बरालले जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक कृष्ण तिमिल्सिनाले गरेका थिए ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्