सुनको मूल्य तोलामा रु ४ सयले बढ्यो
काठमाडाैं | असोज १८, २०८१
काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ ।
लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

