साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार
विराटनगर | असोज १८, २०८१
विराटनगर: एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् ।
चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् ।
सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।
अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

