रास्वपाद्वारा सरकारको ध्यानार्कषण
काठमाडाैं | असोज १८, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ ।
रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराउनुभएको हो ।
प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढु्ङ्गादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गर्नुभयो ।
“यी क्षेत्रमा मोबाइलको नेटवर्क नचल्ने समस्या भएकाले यात्रुहरु आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्”, ध्यानार्कषणपत्रमा भनिएको छ, “यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।”
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

