आफ्नो कर्तव्य भुलेको छैन: सभापति लामिछाने

चितवन | असोज १८, २०८१

आफ्नो कर्तव्य भुलेको छैन: सभापति लामिछाने

चितवन:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ । 

    
चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताउनुभएको हो ।

    
सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताउनुभयो । 


इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उहाँको भनाइ छ । 


“चेपाङ बालबालिकाका लागि एउटा नमूना आवासीय विद्यालय भवन निर्माण गरी सञ्चालन गर्ने तयारीमा छौँ, सकेसम्म सरकारी तवरबाट नभए अन्य ठाउँबाट स्रोत जुटाएर विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु”, सभापति लामिछानेले भन्नुभयो । 

    
कार्यक्रममा सहभागीहरूले ग्रामीण सडक, सञ्चार, शिक्षा, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्याबारे विभिन्न गुनासो राखेका थिए । 


कतिपयले सभापति लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे जिज्ञासा राखेका थिए । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्