भाडा ठेक्का प्रकरण: सम्झौता रद्द गर्नुपर्ने छानबिन समितिको निष्कर्ष
कास्की | असार ३१, २०७९
पोखरा: नापी कार्यालयका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडी भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयर मान बहादुर जिसीले कानूनी प्रक्रिया नपुर्याई सम्झौता गरेको ठहर गर्दै बदर गर्नुपर्ने जानकारी दिएको हो ।
गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्तावहरू बदर गर्नुपर्ने उल्लेख गरिएको प्रतिवेदन पोखराका मेयर धनराज आचार्यलाई काफ्लेको नेतृत्वको छानबिन समितिले बुझाएको हो ।
प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षलाई सार्वजनिक गर्दै काफ्लेले पूर्ण रुपमा कानून बर्खिलाप सम्झौता गरेको बताए । ‘उपत्यका नगर विकासको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउने सम्बन्धमा बोलपत्र सम्बन्धि कागजात तयार गर्ने, सुचना प्रकाशन गर्ने देखि सम्झौता प्रकृयामा विभिन्न त्रुटीहरु रहेको कागजातहरु केरमेट गर्ने सच्याउने थप्ने सम्झौता रितपूर्वक नभएको कागजातहरु संकास्पद देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान दुरुपयोग आयोगलाई पठाउन उपयुक्त हुने भनी राय पेश गरेका छौं ।’ उनले भने ।
सो प्रतिवेदनमा आगामी दिनमा उपत्यका नगर विकास समिति मातहतमा रहेका जग्गा तथा संरचनाहरू भाडामा लगाउँदा कार्यविधि तथा मापदण्ड पु¥याएर सम्झौता गर्नुपर्ने समेत सुझाव दिएको छ ।
यस्तै, मातहत रहेको जग्गाको यकिन विवरण पनि अद्यावधिक गर्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाईसहितको निजी कम्पनीलाई दिएको प्रकरण अध्ययन गर्न एक हप्ताको म्यादसहित काफ्लेको संयोजकत्वमा काफ्लेसहित विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम सदस्य रहेको समिति गठन गरेको थियो ।
निर्वतमान मेयर जिसीको बदमासी
आफ्नो कार्यकाल सकिन २ दिन बाँकी रहदाँ निवर्तमान मेयर मान बहादुर जिसीले पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा, गल्फ एकेडेमीको ४० रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णु भण्डारीको कम्पनीलाई १० देखि २५ वर्षसम्म भाडामा दिएका थिए ।
जेठ ५ गते कार्यकाल सकिने भएपछि मेयर जिसीले ३ गते आफ्नै निवासमा बोलाएर पृथ्वीचोकमा रहेको ट्रायल सेन्टरको पाँच रोपनी जग्गासहित ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौतामा आफैँले हस्ताक्षर गरेका थिए ।

पोखरा महानगरको स्वामित्वमा आइनसकेको पर्यटन बसपार्क, यसअगाडी पनि भाडामा दिएर सम्झौता नसकिएको गल्फ एकेडेमीको जग्गा मेयर जिसीले हतारहतार उपत्यका नगरविकास समितिका सदस्यदेखि सदस्यसचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि नभएको मौका पारेर निजी कम्पनीलाई दिएका थिए ।
गैरकानूनी रुपमा जग्गा भाडामा लिएको कम्पनीलाई पनि तत्काल काम अगाडी नबढाउन पोखरा महागरपालिकाले पत्राचार गरिसकेको महानगरले जनाएको छ ।
यदि निवर्तमान मेयरले कानून बर्खिलाप जग्गा सम्झौता गरेको खण्डमा वर्तमान मेयर ठेक्का रद्द गर्न पाउने कानूनी प्रावधार रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

