न्यूरोडबाट साढे २ लाखसहित ६ जना पक्राउ
पाेखरा | असार ३१, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ जनालाई जुवाखालबाट प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका वडा न. ८ न्यूरोडस्थित नवीन गौचनको घरबाट कास्कीबाट खटिएको प्रहरीको टोलीले नगद २ लाख ५३ हजार ५ रुपै याँसहित ६ जनालाई प्रकाउ गरेको हो ।
कास्की प्रहरीका अनुसार पकाउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ का ३२ वर्षिय नवीन गौचन, ५४ वर्षिय सोमत तुलाचन, पोखरा अर्चलबोटका ५३ वर्षिय बिराट के।सी, म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ का ४९ वर्षिय कबिन तुलाचन, पोखरा फूलबारी बस्ने ४६ वर्षिय अमित गुरुङ र ४५ वर्षिय नरकाजी गुरुङ रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

