बागलुङको माझखर्कमा भोलिदेखि दशैं मेला, तयारी पूरा
बाग्लुङ | असोज १९, २०८१
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क चगाडीमा भोलि असोज २० देखि २३ गतेसम्म हुने दशैं मेलाको तयारी पूरा भएको छ ।
माझखर्कस्थित शिव लेकाली जीवन ज्योति युवा क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित दशैं मेलाको तयारी पूरा भएको क्लबका अध्यक्ष मनबहादुर घतीमगरले जानकारी दिए ।
क्लबको २३ औं वार्षिकोत्सव एवम् दशैं मेलाको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला क्यारिमबोर्ड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र म्युजिकल चियर प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको उनले बताए ।
खुल्ला वडास्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले नगद ४० हजार उपविजेता हुने टिमले २० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भलिबल खेल संयोजक तेजिन्द्र रोका मगरले जानकारी दिए ।
भलिबल प्रतियोगितामा सहभागिता जनाउनका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिकाका ५ वडा र काठेखोला गाउँपालिकाको फापरखेत र गौश्वारा गाउँलाई मात्र समावेश गर्ने संयोजक रोकाले बताए ।

यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः १०, ६ र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः ७ र ३ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुल्ला सामुहिक नृत्य प्रतियोगिता र क्यारिमबोर्ड प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १/१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
खेलकुदको विकाससँगै सामाजिक कार्यमा क्रियाशिल क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिता आयोजना गर्ने निर्णय बमोजिम यस वर्ष पनि गाउँपालिकाका भित्रका वडालाई मात्र भलिबल प्रतियोगितामा सहभागिता गराउने कार्यक्रम संयोजक गोविन्द पुनले बताए ।
‘खेलकुदको विकासँगै सामाजिक कार्यमा क्रियाशिल यस क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ’, संयोजक पुनले भने, ‘क्लबले दशै मेलामा आयोजना गर्ने कार्यक्रमबाट बचत भएको रकमले प्रजातन्त्र मावि र अमर प्राविका विद्यार्थीहरुलाई पुरस्कार प्रदान आएको छ, दशैमा मेलामा मात्र आयोजना नभएर सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छौं ।’
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

