गगनकालिका सहकारीको साधारणसभा सम्पन्न
पाेखरा | असोज १९, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
पोखरा–३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराउनुुभयो ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुुभएको थियो ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गर्नुभएको थियो भने आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ ।
कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित बन्नुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।
उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तिर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

