तोलामा रु ३ सयले घट्यो सुनको मूल्य
काठमाडाैं | असोज २०, २०८१
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ ।
शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

