पोखरा–१५: सातौं खुला व्यायामशाला सञ्चालन
पाेखरा | असोज २३, २०८१
पोखरा महानगरपालिका १५ स्थित फलेपाटनमा सातौं खुला व्यायामशाला सञ्चालनमा आएको छ ।
आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको व्यायामशाला पोखरा महानगरपालिकाको सहयोगमा निर्माण भएको हो ।
उक्त व्यायामशालाको उद्घाटन वडाध्यक्ष तोरण बानियाँले गरे । सो अवसरमा बोल्दै उनले वडाबासी स्वस्थ्य र निरोगी बन्नुपर्ने सन्देश दिने उद्देश्यसहित वडाका विभिन्न स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याइएको बताए ।
‘यसअघि हामीले वडाकै २० लाख लागतमा ६ वटा स्थानमा खुला व्यायामशाला निर्माण गरिसकेका छौं, अहिले महानगरको सहयोगमा यो बनाएका हौं, उनले भने, ‘मुख्यगरी नागरिक निरोगी र तन्दुरुस्त हुनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको हो ।’
उनले नागरिक स्वस्थ्य भए समाज रुपान्तरण हुने बताउदै वडाले नागरिकमैत्री कार्यक्रमहरु अघि सारेको बताए ।

वडाले विभिन्न समयमा युवा, महिला तथा बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।
वडाको विभिन्न स्थानमा यसअघि २० लाखको लागतमा ६ वटा खुला व्यायामशाला सञ्चालनमा आइसकेको छ ।
व्यायामशाला उद्घाटन समारोहकाबीच फलेपाटन टोल विकास संस्था र आदर्श आमा समूहको सँयुक्त आयोजनामा बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।


पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

