सञ्चालनमा आयो, पोखराका 'ट्राफिक लाइट' (तस्बिरहरु)
पाेखरा | असोज २३, २०८१
पोखरा महानगरपालिका भित्रका मुख्य चोकहरुमा जडित टाफिक लाइट सञ्चालनमा ल्याइएको छ ।
लाइट जडान भएको झण्डै एक वर्ष पुग्न लाग्दाजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयले नेतृत्व गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।
पाण्डेयले भर्खरै मात्र कास्की ट्राफिकको जिम्मेवारी सम्हालेकी आएकी हुन् । उनले पैदलयात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि दर्जनौ ट्राफिक प्रहरी फिल्डमा खटिएको बताइन् । ‘अभ्यास होइन यो अब सिस्टम र प्रविधिले जतिसम्म धान्छ यसको प्रयोग निरन्तर नै हुन्छ ।’ उनले सुनगाभा न्यूजसँग भनिन्, ।
अहिले पैदल यात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि सकस परिरहेको छ । त्यसकारण ट्राफिक प्रहरी जेब्रा क्रसिङको लाइनमा बसेर निर्देश गरिरहेका छन् ।
पोखराको मुख्यचोक लखनचोक, सृजनाचोक, महेन्द्रपुल, सभागृह लगायतका चोकहरुमा गत वर्ष सडक विभागले ट्राफिक लाइट जडान गरेको थियो ।
यद्यपी यसलाई प्रयोगमा ल्याउन पहल गरिएपनि सवारी साधनको सन्तुलन र अप्रेशन गर्ने सफ्टवेरका कारण सञ्चालनमा आउन सकेको थिएन ।
थप तस्बिरहरु:












काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

