पोखरा प्रतिष्पर्धाः ठूला दल सोमबार कुर्दै, ७ स्वतन्त्रसहित १० जनाले दर्ता गरे उम्मेदवारी
काठमाडाैं | बैशाख ११, २०७९
पाेखराः सत्तारुढ गठबन्धन र नेकपा लगायत केही दलहरुले पोखरा महानगरको उपमेयरमा उम्मेदवार छनौट गर्न दुविधा भइरहेकोबेला निर्वाचन आयोगको तालिका अनुसार आज पोखरामा ६ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा लेखक गनेस पौडेल (खडकराज पौडेल), विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् ।
सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टीबाट उम्मेदवारी दिएका छन् । सचेत नेपाली पार्टीबाट भोजराज खनालको उम्मेदवारी परेको छ । नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गराएका छन् ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो । ठूला राजनीतिक पार्टीले उम्मेदवार तय गर्ने ढिला गरिरहेको हुँदा आइतबार स्वतन्त्र र साना पार्टीका तर्फबाटमात्रै उम्मेदवारी परेको छ ।
पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुका अनुसार उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार ५ बजेसम्म मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको छ । आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।
मेयरमा उम्मेदवारी दर्ता गराएकामध्ये लेखक पौडेल अटेरी अभियानका संयोजक हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

