पोखरा प्रतिष्पर्धाः ठूला दल सोमबार कुर्दै, ७ स्वतन्त्रसहित १० जनाले दर्ता गरे उम्मेदवारी
काठमाडाैं | बैशाख ११, २०७९
पाेखराः सत्तारुढ गठबन्धन र नेकपा लगायत केही दलहरुले पोखरा महानगरको उपमेयरमा उम्मेदवार छनौट गर्न दुविधा भइरहेकोबेला निर्वाचन आयोगको तालिका अनुसार आज पोखरामा ६ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा लेखक गनेस पौडेल (खडकराज पौडेल), विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् ।
सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टीबाट उम्मेदवारी दिएका छन् । सचेत नेपाली पार्टीबाट भोजराज खनालको उम्मेदवारी परेको छ । नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गराएका छन् ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो । ठूला राजनीतिक पार्टीले उम्मेदवार तय गर्ने ढिला गरिरहेको हुँदा आइतबार स्वतन्त्र र साना पार्टीका तर्फबाटमात्रै उम्मेदवारी परेको छ ।
पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुका अनुसार उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार ५ बजेसम्म मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको छ । आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।
मेयरमा उम्मेदवारी दर्ता गराएकामध्ये लेखक पौडेल अटेरी अभियानका संयोजक हुन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

