सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई
पाेखरा | असोज २९, २०८१
पोखरा: सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले दुवैलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी भण्डारी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्य हुन् ।
यस्तै २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षा यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष हुन् ।
पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मानपत्र छ ।
यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो । जिसी सञ्चारिका समुह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन् ।
सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

