पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी | असोज ३०, २०८१
म्याग्दी: बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो ।
जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिनुभयो ।
माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न रु ३३ करोडमा सम्झौता भएको उहाँले बताउनुभयो ।
दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ ।
यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ ।
काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। ...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्त...
पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैय...

