पोखरामा यात्रु चढाउँदै गरेको बसलाई टिप्परले ठक्कर दिँदा ३ जना घाइते
पाेखरा | कात्तिक १, २०८१
पोखरा: पोखरामा आज बिहान रोकि राखेको बसलाई टिप्परले ठक्कर दिँदा तीन जना यात्रु घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२५ हेमजास्थित बडहरेमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकि यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशातर्फ तर्फ जाँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
बसलाई टिप्परले ठक्कर दिँदा बस चढ्दै गरेका म्याग्दीको धौलागिरी गाउँपालिका–५ बस्ने ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षीय बुद्ध घले घाइते भएका हुन् ।
घाइते छन्त्यालको फिस्टेल अस्पतालमा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै टिप्पर चालक र सोही टिप्परमा सवार घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

