जिफानको भवन निर्माण गर्न तमु धिं जापानको ५ लाख सहयोग

जापानबाट जिफानको भवन निर्माण गर्न पहिलाे सहयाेग

पाेखरा | कात्तिक १, २०८१

जिफानको भवन निर्माण गर्न तमु धिं जापानको ५ लाख सहयोग

पोखरा:   गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को भवन निर्माण गर्न तमु धिं जापानले नगद सहयोग गरेको छ । 

 

पोखरा १४ चाउथेस्थित रातोडाँडामा खरिद गरेको जग्गामा भवन निर्माणका लागि नगद रु ५ लाख १ हजार ९ सय ६० रुपैयाँ सहयोग गरेको हो ।

 

उक्त रकम तमु धिं जापानका संरक्षक नमस्ते इश्वर गुरुङले जिफानका सचिव लब्सन गुरुङ र कोषाध्यक्षलाई हस्तान्तरण गरे ।

 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विदेशमा रहेर पनि स्वदेशको माया गर्नेहरुलाई धन्यवाद् ज्ञापन गरिन् ।  

 

तमु धिं जापानकी अध्यक्ष हिमाली गुरुङको अग्रसरतामा जिफानको भवन निर्माणका लागि सहयोग रकम प्रदान गरेर उदाहरणीय काम गरेको प्रदेश सांसद गुरुङले बताइन् ।

 

उनले जिफानको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाटसमेत सक्दो सहयोग रहने प्रतिबद्धता जनाएकी थिइन् ।

 

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य सचिव तेजबहादुर गुरुङ, जिफानका पूर्व अध्यक्ष गुञ्ज गुरुङ, कलाकारहरु माओत्से गुरुङ, कृष्ण गुरुङ लगायतको उपस्थिति थियो ।


पोखरा महानगरपालिका १४ को चाउथे रातोडाँडामा जिफानले गत महिना ६ आना २ दाम जग्गा खरिद गरेको थियो ।


स्वदेश तथा विदेशमा रहेका गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा गुरुङ फिल्म एसोसिएसन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भएका थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्