जिफानको भवन निर्माण गर्न तमु धिं जापानको ५ लाख सहयोग
जापानबाट जिफानको भवन निर्माण गर्न पहिलाे सहयाेग
पाेखरा | कात्तिक १, २०८१
पोखरा: गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को भवन निर्माण गर्न तमु धिं जापानले नगद सहयोग गरेको छ ।
पोखरा १४ चाउथेस्थित रातोडाँडामा खरिद गरेको जग्गामा भवन निर्माणका लागि नगद रु ५ लाख १ हजार ९ सय ६० रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम तमु धिं जापानका संरक्षक नमस्ते इश्वर गुरुङले जिफानका सचिव लब्सन गुरुङ र कोषाध्यक्षलाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विदेशमा रहेर पनि स्वदेशको माया गर्नेहरुलाई धन्यवाद् ज्ञापन गरिन् ।
तमु धिं जापानकी अध्यक्ष हिमाली गुरुङको अग्रसरतामा जिफानको भवन निर्माणका लागि सहयोग रकम प्रदान गरेर उदाहरणीय काम गरेको प्रदेश सांसद गुरुङले बताइन् ।
उनले जिफानको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाटसमेत सक्दो सहयोग रहने प्रतिबद्धता जनाएकी थिइन् ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य सचिव तेजबहादुर गुरुङ, जिफानका पूर्व अध्यक्ष गुञ्ज गुरुङ, कलाकारहरु माओत्से गुरुङ, कृष्ण गुरुङ लगायतको उपस्थिति थियो ।
पोखरा महानगरपालिका १४ को चाउथे रातोडाँडामा जिफानले गत महिना ६ आना २ दाम जग्गा खरिद गरेको थियो ।
स्वदेश तथा विदेशमा रहेका गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा गुरुङ फिल्म एसोसिएसन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भएका थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

