रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु)
हिरासतभित्र रवि, बाहिर नाराबाजी
पाेखरा | कात्तिक २, २०८१
पोखरा: काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका लामिछानेलाई रातारात सडकमार्गबाट पोखरा ल्याइएको हो ।
पोखरा ल्याएसँगै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिाञ्चल अस्पताल) लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको हो ।
उनलाई करिब पौने ३ बजे जिप्रका कास्कीको कार्यालयमा प्रवेश गराइएको थियो ।
लामिछानेलाई कास्की ल्याउने भएपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगै प्रदेशका कार्यकर्ताहरु नाराबाजी गर्न तैनाथ थिए ।

अर्का उपसभापति डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँगै गएका थिए । लामिछानेलाई हिरासतमा लगेपछि कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

सोही क्रममा बोल्दै उपसभापति स्वर्णिम वाग्लेले प्रतिशोधको राजनीति गरेको धारणा राखेका थिए ।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
थप तस्बिरहरु:









पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

