पोखराको बगालेटोलमा मृत भेटिइन् ‘सुमना’
कास्की | साउन १, २०७९
कास्की: पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा २२ वर्षिया सुमना खनाल मृत भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार उनी रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।
मृतक खनालको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ, तिवारीले भने, ‘शवको अवस्था शंकास्पद थिएन ।’
डिएसपी तिवारीका अनुसार मृतकका श्रीमान नेपाली सेनामा कार्यरत छन् । खनाल पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

