निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा र अश्रु ग्यास प्रहार (तस्बिरहरु)
पाेखरा | कात्तिक ४, २०८१
पोखरा: रवि लामिछानेको समर्थनमा निशेषधित क्षेत्रमा प्रदर्शन गरेकाहरुलाई कास्की प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ ।
सोही क्रममा रविको समर्थनमा आन्दोलनरत प्रदर्शनकारीलाई सहिदचोकदेखि हटाउन फानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो ।
अहिले रविलाई कास्की प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको छ ।
पानीको फोहरा प्रहार हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । उनीहरु सहिद चोक निशेषधित क्षेत्र नभएको भन्दै उक्त स्थान छाड्न अटेर गरेका थिए ।
यद्यपी कास्की प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको हो ।

अहिले प्रदर्शनकारीहरु वाइचोक क्षेत्रमा आएर सरकारविरुद्ध र रविको पक्षमा नाराबााजी गरिरहेका छन् ।
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।
गोर्खा मिडियोको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचनल गरेको लामिछानेमाथि आरोप छ ।








पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

