निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा र अश्रु ग्यास प्रहार (तस्बिरहरु)

पाेखरा | कात्तिक ४, २०८१

निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा र अश्रु ग्यास प्रहार (तस्बिरहरु)

पोखरा:  रवि लामिछानेको समर्थनमा निशेषधित क्षेत्रमा प्रदर्शन गरेकाहरुलाई कास्की प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ ।

 

सोही क्रममा रविको समर्थनमा आन्दोलनरत प्रदर्शनकारीलाई सहिदचोकदेखि हटाउन फानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो ।

 

अहिले रविलाई कास्की प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको छ ।

 

पानीको फोहरा प्रहार हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता घाइते भएका छन् । उनीहरु सहिद चोक निशेषधित क्षेत्र नभएको भन्दै उक्त स्थान छाड्न अटेर गरेका थिए ।

 

यद्यपी कास्की प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको हो ।

 

अहिले प्रदर्शनकारीहरु वाइचोक क्षेत्रमा आएर सरकारविरुद्ध र रविको पक्षमा नाराबााजी गरिरहेका छन् ।

 

रास्वपा सभापति तथा  पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।

 

गोर्खा मिडियोको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचनल गरेको लामिछानेमाथि आरोप छ ।

 

 

 

 

 

 

 

 

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्