फ्रिस्टाइल फुटबल ब्याटलमा रुविन च्याम्पियन
फुटबलतर्फ उद्घाटन खेलमा डकहाउस रेड विजयी
पाेखरा | कात्तिक ९, २०८१
पोखरा: महानगरपालिका–२५ हेमजास्थित अम्मटमा भएको फ्रिस्टाइल फुटबल ब्याटलमा रुविन श्रेष्ठ च्याम्पियन बनेका छन् ।
‘बिच एण्ड फिस फेस्टिभल २०८१ भएको ब्याटलको फाइनलमा उनले उमित वर्मालाई पराजित गर्दै रुविन श्रेष्ठ च्याम्पियन बनेका हुन् ।
सो ब्याटलमा काठमाडौं, म्याग्दी, विराटनगर लगायतको स्थानबाट खेलाडी सहभागिता रहेको आयोजक संस्था आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
उनलाई समापन समारोहकाबीच पुरस्कृत गरिने बताए । ‘पुरस्कार वितरण अब समापन समारोहको अवसरमा प्रदान गर्नेछौं । फ्रिस्टालको वान भर्सेस वानको ब्याटल अझै बाँकी छ । उक्त खेल शनिबार हुनेछ ।’ उनले भने ।
उनका अनुसार फ्रिस्टाइल फुटबल ब्याटलका विजेता रुविनले १० हजारसहित बन्जी प्याकेज र उपविजेता उमितले नगद रु ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै खुला फाइभ ए साइट फुटबलतर्फ उद्घाटन खेलमा डकहाउस रेडले विजयी सुरुवात गरेको छ ।
आयोजक आरएस ब्लुलाई १२–६ गोल अन्तरले पराजित गर्दै डकहाउस दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार कुल ३१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको बाँकी खेलहरु शनिबार सञ्चालन गरिनेछ ।

उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र सर्वाधिक गोलकर्तालाई नगद राशीबाट पुरस्कृत गरिने उनले बताए ।
यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने अयाोजकले जनाएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

