क्लबस्तरीय एक दिवसीय क्रिकेट: राइजिङ फाइनलमा
पाेखरा | कात्तिक १०, २०८१

पोखरा: राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो ।
राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल विक्रम खत्रीले ४५ रनको योगदान दिदैँ आउछ भए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । नविन पोखरेल र कृष्ण पौडेलले १÷१ रन जोडे भने निर्मल पिसी क्षेत्री, अस्विन अधिकारी, विशाल रिमाल, लोकेन्द्र गहतराज शुन्यमै आउट भए । समिर भुजेल शुन्यमा नटआउट रहे ।
कास्कीका लागि दित्य थापाले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने विश्वास पराजुली र नितेश गिरिले समान २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिक थालेको कास्कीका लागि राइजिङका अन्जन केसी निकै भारी परे । उनी एक्लैले ६ विकेट लिदाँ कास्की समस्यामा परेको थियो ।
कास्की ३०.१ ओभरमा १०२ रनमा अलआउट हुन पुगेको थियो । कास्कीका लागि ओपनर सचित कार्कीले ११ रन जोडे । सफल श्रेष्ठले ७८ बलमा ५ चौकाको मद्धतमा ३४ रनको योगदान दिए । अदित्य थापाले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे ।
आयुष संैन्जु ३, विश्वास पराजुली २, सुप्रल श्रेष्ठ १, अनुप पौडेल १ र सचिन यादव, नितेश गिरि, राजन बस्ने शुन्यमै पेभिलियन फर्र्किए ।
राइजिङका लागि अन्जन केसीले ८.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए । जारी प्रतियोगितामा कुनै बलरले सर्वाधिक विकेट लिएको यो पहिलो पटक हो । यस्तै समिर भुजेलले ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए ।
कास्की जारी प्रतियोगितामा समुह चरणको विजेतामध्ये उत्कृष्ट टिम हो । उता राइजिङ भने हारका बाबजुत फाइनल प्रवेश गरेको टिम हो । राइजिङ उपविजेता टिम मध्ये उत्कृष्ट हुँदै फाइनल प्रवेश गरेको थियो ।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । ति टिमलाई तीन समुहमा विभाजन गरि समुह विजेताहरु र उपविजेतामध्ये बाट अंक र रनरेटको आधारमा उत्कृष्ट रहने टिम सेमीफाइनमा प्रवेश गरेको थियो । प्रतियोगितामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साथ रहेको छ ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...