बागमती प्रदेशको ३ महिने तथ्याङ्क: सवारी दुर्घटनामा ६० जनाको मृत्यु, १ हजार ३ घाइते
२ करोड ७९ लाख राजस्व सङ्कलन
काठमाडाैं | कात्तिक ११, २०८१
बागमती प्रदेशका १० जिल्लाभर आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो तीन महिनामा (साउनदेखि असोजसम्म) मा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेशका अनुसार ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको र १ हजार ३ जना घाइते भएका थिए ।
यस्तै सो अवधिमा ३५ हजार ८५ सवारीसाधनबाट रु २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
पोखरा: दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेज...
पोखरा: पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट ...
काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि...

