‘कर्मचारी दर्पण’ लोकार्पण
पाेखरा | कात्तिक ११, २०८१

पोखराः कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क ३ आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको १ कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख सचिव विष्टले सार्वजनिक सेवा प्रवाहका साथै राष्ट्रसेवक कर्मचारीको एकआपसमा भेटघाट र समन्वय गर्ने साझा संस्थाका रुपमा कर्मचारी मिलन केन्द्र क्रियाशील बनेको बताउनुभयो । सार्वजनिक प्रशासनका विविध पक्षलगायत विभिन्न लेखरचनालाई समावेश गरी प्रकाशन गरिएको पुस्तक उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला न्यायाधीश दाहालले विभिन्न सेवा प्रदायक निकायमा काम गर्ने राष्ट्रसेवकको अनौपचारिक फोरमका रुपमा मिलन केन्द्र रहेको बताउँदै यसका माध्यमबाट विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिनुभयो
मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले केन्द्रको सक्रियतामा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिना पोखरा क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदा सरसफाइलगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुने गरेको बताउनुभयो ।
मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले सार्वजनिक सेवा प्रवाहका नियमित कामका अतिरिक्त राष्ट्रसेवकबीच आपसी सद्भाव अभिवृद्धिका साथै विभिन्न सिर्जनात्मक कामलाई केन्द्रले सञ्चालन गरिरहेको बताउनुभयो । सम्पदा सरसफाइका साथै हरितालिका तीजमा असहाय आश्रित महिला दिदीबहिनीका लागि दरभोजका लागि सहयोगका साथै योग दिवसलगायत हरेक कार्यक्रममा केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।
एक सय ६८ पृष्ठमा समेटिएको कर्मचारी दर्पणको प्रधानसम्पादकमा नवराज बराल रहनुभएको छ भने सम्पादकहरूमा नवराज गौतम, सन्तोष ढुङ्गाना र वासुदेव पौडेल हुनुहुन्छ । पुस्तकमा सार्वजनिक प्रशासनसहित विभिन्न सेवा क्षेत्र समेटिएका विज्ञ तथा लेखकका २६ वटा रचना समावेश गरिएको मिलन केन्द्रका सचिव एवं सम्पादक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीमा पदोन्नति हुनुभएको भन्दै केन्द्रका तर्फबाट प्रदेश प्रमुख सचिव विष्ट, पुस्तक प्रकाशनमा प्रधानसम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको भन्दै जिल्ला समन्वय अधिकारी बराललाई सम्मान गरिएको थियो । कास्कीका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्न हालै आउनुभएका कार्यालय प्रमुख एवं कर्मचारीलाई केन्द्रकातर्फबाट स्वागत गरिएको थियो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...