अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखरा फाइनलमा
पाेखरा | कात्तिक ११, २०८१
पोखरा: पोखरा क्रिकेट क्लबले अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै फाइनलमा यात्रा तय गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब एक दिवसिय क्रिकेट च्याम्पियनसिपको आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङको भेट पक्का गरेको हो ।
१५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो ।
अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने मुकेश गुप्ता र अब्दुल खलिक मिया शुन्यमा आउट भए । सन्देश निउरे ८ रनमा नटआउट रहे ।
पोखराका लागि सुवाष भण्डारीले ९.२ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए भने विजय राउत, अमन सुवेदी र सागर भुजेलले समान १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा १५० रन बनाउदै अलआउट हुन पुग्यो ।
पोखराका ओपनर मुस्कान थापाले ४४ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाएका थिए । अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए । यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शुन्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे ।
अरण्यज्योतीका लागि प्रविन पौडेलले ७ ओभरमा २७ रन खर्चदै ३ विकेट लिए । अब्दुल खलिक मियाले ६.५ ओभरमा ३० रन खर्चदै ३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १÷१ विकेट लिए ।
कात्तिक १ गतेदेखी जारी प्रतियोगिताको उपाधि भिडन्त भोलि हुनेछ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिता प्रधानमन्त्री कम (पिएम कप) का लागि जिल्ला छनोटको रुपमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध कास्कीका ९ क्लबको सहभागिता रहेको थियो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

