भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश
काठमाडाैं | कात्तिक ११, २०८१
काठमाडौं: तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् ।
त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् ।
भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६ः३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

