भेडीखर्कमा २२ गतेदेखि फुटबल प्रतियोगिता, उपाधि राशी ५१ हजार
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: भ्यू प्वाइन्ट क्लबको आयोजनामा पोखरा महानगरपालिका २२ भेडीखर्कमा दोस्रो संस्करणको ‘भेडीखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ हुने भएको छ ।
तिहारको अवसरमा ‘खेल स्वास्थ्यका लागि स्वस्थ युवा देशका लागि’ भन्ने नारासहित २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने क्लबका सचिव अमित बरालले जानकारी दिए ।
उनका अनसार सो प्रतियोगिताको विजेताले नगद रु ५१ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै उपविजेताले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सो प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पुरस्कृत गरिने बरालले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८६०५८७८२८, ९८४६९८३८०४)पनि गर्न सकिने आयोजकले जनाएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

